हाम्रो बारेमा
गृहपृष्ठ / हाम्रो बारेमा
बागलुंग समाज दक्षिण कोरिया
सन १९८० को दशक देखि नेपालीहरु दक्षिण कोरियामा रोजगार ,अध्ययन तथा व्यवसाय गर्न प्रवेश गरेको पाईन्छ।यसै शिलशिलामा दक्षिण कोरियामा रहेका नेपालीहरु बिच भेटघाट गर्ने , एकता गर्ने र परेका समस्याहरुलाई समाधान गर्न नेपाली संघ संस्थाहरु स्थापना गर्ने क्रम चल्यो ।यसै क्रममा बाग्लुङ जिल्ला जन्मभूमि वा पुर्खेउली थलो बाग्लुङ जिल्ला भई नेपालका विभिन्न क्षेत्रमा बसोबास गरि दक्षिण कोरिया आएका बाग्लुङेहरु मिलेर सन् २००१ मा बाग्लुङ सम्पर्क समिति दक्षिण कोरिया नाम राखेर सामाजिक संस्था स्थापना गरियको थियो ।
संस्थाको संस्थापक अध्यक्षमा बाग्लुङ लेखानीका लक्ष्मण पुन चयन हुनुभयको थियो ।संस्था स्थापना गर्नुको उदेश्य कोरियामा कार्यरत नेपाली तथा बाग्लुङेहरुलाई आपत् विपद परेको बेला आर्थिक ,भौतिक,नैतिक तथा मानविय सेवा सहयोग गर्ने रहेको थियो। कुनै मानिस गम्भिर बिरामि परेमा उपचारको लागि आर्थिक अवस्था कमजोर वा उपचार खर्च अपुग भय आर्थिक संकलन गरि सहयोग गर्ने, भाषाको समस्या भएमा भाषा जानेको वा दोभासे खोजेर भयपनि समस्या समाधान गर्ने , कुनै व्यक्ति बेरोजगार भएमा आफ्नो कम्पनिमा वा आफुले जानेबुझेको ठाउँमा काम खोजेर सहयोग गर्ने र त्यो अवधिभर बस्नको लागि सेल्टरको व्यवस्था गर्ने जस्ता थुप्रै कामहरु गर्ने ।
कोहि साथिहरु धरपकडमा परेर बेखर्ची भएमा वा स्वदेश फर्किनको लागि प्लेन भाडाको लागि तिर्न पैसा नभएको अवस्थामा पनि साथिहरु मिलेर धेरथोर जति हुन्छ उठायर प्लेन टिकट कातिदिने , कानुनी समस्यामा परेका साथिहरुलाई आफुले जानेबुझेका कुराहरु सहयोग गर्ने र जतिल संस्थाले नसक्ने केसहरुमा कानुनी परामर्शदाताहरु संग समन्यय गराईदिने जस्ता विभिन्न कार्यहरु संस्थाले हिजोको दिनदेखि आजसम्म गर्दै आईरहेको छ ।
कोरियामा कार्यरत नेपालीहरु बिचमा मनोरञ्जन गर्न गराउनका लागी विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमहरु गर्ने, भलिबल प्रतियोगिता संचालन गर्ने , फुटबल प्रतियोगिता संचालन गर्ने तथा अन्य संघसंस्थाहरुले आयोजना गरेका विभिन्न कार्यक्रम तथा प्रतियोगिताहरुमा सहभागी हुने जस्ता कार्यहरु पनि गर्दै आईरहेको छ।
कुनै बाग्लुङे वा नेपालीको दक्षिण कोरियामा मृत्यु भएका घटनाहरुमा पनि सहकार्य तथा सहकार्य गर्दै आईरहेको छ। परिवारको सदस्यहरुसंग छलफल गरि दक्षिण कोरियामा नै अन्तिम संस्कार गरिदिन भनेमा यहिँ गर्ने तथा परिवारले हामि नेपालमै अन्तिम संस्कार गर्छौँ भन्ने ईच्छ्या व्यक्त गरेमा विभिन्न संघसंस्थाहरुसंग समन्व्य गरि आर्थिक संकलन गरेर मृतकको पार्थिव शरिर नेपाल पठाउनमा पनि महत्वपुर्ण भुमिका खेल्दै आईरहेको छ।
नेपाललाई विश्वमाझ वा कोरियाली जनतामाझ चिनाउन विभिन्न कार्यक्रमहरुमा नेपालको कला संस्कृति झल्काउने प्रस्तुतिहरु प्रदर्शन गर्दै सहभागी पनि भैरहेको छ।जस्तै नेपालीको मौलिक पन्चेबाजा /नौमति बाजा कोरियाको आरिराङ फेस्टिबलमा प्रदर्शन गरेर प्रथम स्थान पनि हासिल गरेको थियो । भगवान गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिन हरेक बर्ष कोरियाको सउलमा आयोजना हुने लोटस लाल्टिन फेस्टिबलमा पनि सहभागी हुँदै आएको छ। नेपालदेखि कोरियाको वाउजंसा बौद्ध गुम्बामा सन् २०१८ मा स्थापना गरिएको बुद्धको प्रतिमा नेपालदेखि ल्याउनको लागि लाग्ने खर्चको आर्थिक अभियान चलाईएको थियो त्यसमा पनि समाजको तर्फबाट सक्दो सहयोग गरिएको थियो ।
उता गृह जिल्ला बाग्लुङ तथा नेपालभरि विभिन्न क्षेत्रमा भएका प्राकृतिक प्रकोप ,बाढि पहिरो ,भुकम्प ,नदि दुबान ,आगलागि जस्ता विभिन्न जटिल समस्याहरुमा पनि बाग्लुङ समाज दक्षिण कोरियाले सक्दो सहयोग गर्दै आईरहेको छ।गृहजिल्ला बाग्लुङको शिक्षा ,स्वास्थ्य ,खेलकुद ,संस्कृति पर्यटन तथा विभिन्न बिरामिहरुलाई पनि सहयोग गर्दै आईरहेको छ।
जिल्लाको धौलागिरी अंचल अस्पतालमा २०६८ सालमा नेपाली रुपैयाँ ५,५०,००० रुपैयाँको अक्षयकोष स्थापना गरियको थियो जसबाट आजसम्म करिब १२० जना भन्दा बढिले सेवा सुविधा लिईसकेका छन् भने संस्थाको त्यो रकम बढेर झन्दै ११ लाख हाराहारी पुगेको छ। त्यस्तै रेडक्रस जिल्ला शाखा बाग्लुङलाई रु.३,००,००० (तिन लाख ) सहयोग गरेको थियो , गल्कोट हरिचौर स्वास्थ्य चौकिमा बाग्लुङ समाज कोरिया र गल्कोट समाज जापानले एम्बुलेन्स खरिद गरेर संचालन गर्दै आईरहेका छन्।बाग्लुङ समाज दक्षिण कोरियाले एम्बुलेन्स संचालन गर्नको लागी रु १०,००,००० (दश लाख) को अक्षयकोष स्थापना गरेको छ भने गल्कोट समाज जापानले १ वटा एम्बुलेन्स खरिद गरेको थियो ।
बाग्लुङ जिल्लाको स्वास्थ्य क्षेत्रमा सहयोग पुराउनको लागि जिल्लाको दक्षिण भेग कुश्मिशेरामा एम्बुलेन्स संचालन गर्न रु ४,००,००० ( चार लाख) दिईयको थियो तर रकम अभावले एम्बुलेन्स संचालन हुनभने सकेको छैन।
त्यस्तै शिक्षा क्षेत्रलाई थप मजबुत बनाउनको लागि बाग्लुङ जिल्लाको बोङ्गादोभान को एक विधालयको भवन बनाउन रु १०,००,००० (दश लाख) रुपैयाँ सहयोग गरिएको थियो। त्यस्तै राङ्खानी मा. वि.मा रु ५,००,००० (पाँच लाख) रुपैयाँ लागतमा १ कोठे भवन निर्माण गरिएको छ। त्यस्तै जिल्लाको बाटाकाचौर , दुदिलाभाटी , अर्जेवा र अन्य स्थानमा पुस्तकालय स्थापना गर्नपनि सक्दो सहयोग गरिएको छ।
जिल्लाको दर्जनौँ बिरामिहरु विशेष गरेर मृगौला,मुटुसम्बन्धि तथा अन्य बिरामिहरुलाई पनि समाजले विभिन्न समयमा सहयोग गर्दै आईरहेको छ।नेपालि कला संस्कृतिको जगेर्ना तथा प्रवर्दन गर्ने हेतुले विभिन्न समयमा नेपालका ख्यातिप्राप्त कलाकारहरु कोरियामा ल्यायर सांस्कृतिक कार्यक्रमहरुपनि गर्ने गरेको छ।( २००८,२०१२,२०१६,२०१८ मा समाजले कार्यक्रम आयोजना गरेको थियो) ।त्यस्तै नेपालको राष्ट्रिय खेल भलिबल प्रतियोगिता आयोजना पनि ८ पटक भन्दा बढि गरिसकेको छ। त्यस्तै अन्य संघ संस्थाले बर्षैभरि आयोजना गर्ने भलिबल प्रतियोगिताहरुमा समाजको तर्फबाट सहभागिता जनाउँदै प्रायजसो प्रतियोगिताहरुमा प्रथम स्थान हासिल गरिएको कुरा सर्बविभितै छ। जिल्लाको सान उच्च राख्नको लागि खेलाडीहरुको योगदान त्यत्तिकै महत्वपुर्ण छ जसमा २०२२ को सिजनमा दक्षिण कोरियामा ८ वटा भलिबल प्रतियोगिता भएका थिए ८ खेलमा ८ वटै खेलका प्रतियोगिताहरुमा प्रथम स्थान बाग्लुङ समाज दक्षिण कोरियाको नाममा पार्दै ईतिहास रच्न सफल भएका खेलाडी तथा खेल संयोजकलाई संस्थाले कार्यक्रम आयोजना गरेर धन्यवाद समेट दिएको थियो।
विभिन्न आरोह अवरोह पार गर्दै बाग्लुङ समाज दक्षिण कोरियाले स्थापना भएको २२ बर्षमा १० वटा अधिवेशन गरेर आफ्नो गतिविधिलाई निरन्तरता दिँदै आईरहेको छ । समाजको पहिलो संस्थापक अध्यक्ष लक्ष्मण पुन , दोश्रो अधिवेशन बाट पनि पुनः लक्ष्मण पुन र तेस्रो अधिवेशनको आधा कार्यकाल लक्ष्मण पुन र आधा कार्यकाल बल बहादुर काउचा चयन भएका थिए। त्यस्तै चौँठो अधिवेशनबाट समितिको अध्यक्षमा पुर्ण काउचा, पाचौँ अधिवेशनबाट अध्यक्षमा तारा के सि , छैठौँ अधिवेशनबाट अध्यक्षमा यम श्रीस मगर,सातौँ अधिवेशनबाट अध्यक्षमा सुवास लामिछाने , आठौँ अधिवेशनबाट अध्यक्षमा राम प्रसाद शर्मा ,नवौँ अधिवेशनबाट अध्यक्षमा विदुर शर्मा तथा भर्खरै सम्पन्न बाग्लुङ समाजको दशौँ अधिवेशनबाट भुमिराज भुसालको नेतृत्वमा दशौँ कार्यसमिति चयन भै अहिले समाजको काम कारबाही संतचालन गर्दै आईरहेका छन्।
भौगोलिक हिसाबले टाढा रहनुहुने साथिहरुलाई मध्यनजर गर्दै समाजले विभिन्न ठाउँहरुमा शाखा खोल्नुपर्ने आवस्यकता देखेर दक्षिण कोरियाको थेगु सहर आसपासका बाग्लुगेहरुलाई एकजुट बनाउने उद्येश्यका साथ २०१८ मा बाग्लुङ समाज थेगु साखा स्थापना गरेको थियो । जस्को तदर्थसमिति को नेतृत्व सुरेश खत्रिले गरेका थिय । थेगु शासाको प्रथम अधिवेशनबाट समाजको अध्यक्षमा ज्ञानु श्रीस मगर आएका थिएभने शाखाको दोश्रो अधिवेशनबाट पनि पुनः ज्ञानु श्रीस मगरकै नेतृत्वमा कार्यसमिति चयन भएको थियो जुन समितिले अहिले आफ्नो काम कारबाही गरिरहेको छ।