Baglung Samaj Korea

बागलुंग समाज दक्षिण कोरिया

सन १९८० को दशक देखि नेपालीहरु दक्षिण कोरियामा रोजगार ,अध्ययन तथा व्यवसाय गर्न प्रवेश गरेको पाईन्छ।यसै शिलशिलामा दक्षिण कोरियामा रहेका नेपालीहरु बिच भेटघाट गर्ने , एकता गर्ने र परेका समस्याहरुलाई समाधान गर्न नेपाली संघ संस्थाहरु स्थापना गर्ने क्रम चल्यो ।यसै क्रममा बाग्लुङ जिल्ला जन्मभूमि वा पुर्खेउली थलो बाग्लुङ जिल्ला भई नेपालका विभिन्न क्षेत्रमा बसोबास गरि दक्षिण कोरिया आएका बाग्लुङेहरु मिलेर सन् २००१ मा बाग्लुङ सम्पर्क समिति दक्षिण कोरिया नाम राखेर सामाजिक संस्था स्थापना गरियको थियो ।संस्थाको संस्थापक अध्यक्षमा बाग्लुङ लेखानीका लक्ष्मण पुन चयन हुनुभयको थियो ।संस्था स्थापना गर्नुको उदेश्य कोरियामा कार्यरत नेपाली तथा बाग्लुङेहरुलाई आपत् विपद परेको बेला आर्थिक ,भौतिक,नैतिक तथा मानविय सेवा सहयोग गर्ने रहेको थियो।।

हाम्रो बारेमा

बागलुंग समाज दक्षिण कोरिया संस्थाको संस्थापक अध्यक्षमा बाग्लुङ लेखानीका लक्ष्मण पुन चयन हुनुभयको थियो ।संस्था स्थापना गर्नुको उदेश्य कोरियामा कार्यरत नेपाली तथा बाग्लुङेहरुलाई आपत् विपद परेको बेला आर्थिक ,भौतिक,नैतिक तथा मानविय सेवा सहयोग गर्ने रहेको थियो। कुनै मानिस गम्भिर बिरामि परेमा उपचारको लागि आर्थिक अवस्था कमजोर वा उपचार खर्च अपुग भय आर्थिक संकलन गरि सहयोग गर्ने, भाषाको समस्या भएमा भाषा जानेको वा दोभासे खोजेर भयपनि समस्या समाधान गर्ने , कुनै व्यक्ति बेरोजगार भएमा आफ्नो कम्पनिमा वा आफुले जानेबुझेको ठाउँमा काम खोजेर सहयोग गर्ने र त्यो अवधिभर बस्नको लागि सेल्टरको व्यवस्था गर्ने जस्ता थुप्रै कामहरु गर्ने । कोहि साथिहरु धरपकडमा परेर बेखर्ची भएमा वा स्वदेश फर्किनको लागि प्लेन भाडाको लागि तिर्न पैसा नभएको अवस्थामा पनि साथिहरु मिलेर धेरथोर जति हुन्छ उठायर प्लेन टिकट कातिदिने , कानुनी समस्यामा परेका साथिहरुलाई आफुले जानेबुझेका कुराहरु सहयोग गर्ने र जतिल संस्थाले नसक्ने केसहरुमा कानुनी परामर्शदाताहरु संग समन्यय गराईदिने जस्ता विभिन्न कार्यहरु संस्थाले हिजोको दिनदेखि आजसम्म गर्दै आईरहेको छ । कोरियामा कार्यरत नेपालीहरु बिचमा मनोरञ्जन गर्न गराउनका लागी विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमहरु गर्ने, भलिबल प्रतियोगिता संचालन गर्ने , फुटबल प्रतियोगिता संचालन गर्ने तथा अन्य संघसंस्थाहरुले आयोजना गरेका विभिन्न कार्यक्रम तथा प्रतियोगिताहरुमा सहभागी हुने जस्ता कार्यहरु पनि गर्दै आईरहेको छ।

बागलुंग समाज दक्षिण कोरिया

राजु नेपाली

अध्यक्ष

केशव आचार्य

व. उपाध्यक्ष

क्रियाकलाप

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा आयोजित रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्य तथा […]

Scroll to Top