Baglung Samaj Korea

सलनालमा हुने बागलुङ समाजको “धौलागिरी सांगितिक सौगात भाग -४” को पोस्टर सार्बजनिक

प्रवासी भूमिमा भैपरि आउने समस्याहरु समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ सलनालको दोश्रो दिन आयोजना हुन लागेको बागलुङ समाज दक्षिण कोरियालको “धौलागिरी सांगितिक सौगात भाग-४” को आइतबार देङ्देमुन स्थित दर्शन नमस्ते रेष्टुरेन्टको हलमा कलाकार सहितको पोस्टर सार्बजनिक कार्यक्रम सम्पन्न भएको छ।

दक्षिण कोरियाको 서울시 노원구 황랑로 621(서울 여자 대학교) मा फेब्रुअरी १० तारिख दिउसो १२ बजे बाट हुने “धौलागिरी सांगितिक सौगात भाग-४”मा चर्चीत कलाकार राजेश पायल राईको साथमा चर्चित गायक द्दय प्रकाश दुतराज, बसन्त थापा,चर्चित गायिका शान्ति श्री परियार, चर्चित हास्यकलाकार सुबोध गौतम(एदुमे), गायिका अनुपा थापा मगर,गायक राजेश बर्देवा लगायतका राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ। नेपालको राष्ट्रिय कलाकारहरुको साथमा कोरियामै रहेको स्थानिय ब्याण्ड OFF TUNE BAND संगै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दक्षिण कोरिया शाखाको कलाकारहरूको सांगितिक प्रस्तुति पनि रहने छ।
उक्त ब्यानर सार्बजनिक कार्यक्रम संस्थाको बरिस्ठ सल्लाहकार तथा कार्यक्रम संयोजक सुवाश लामिछानेको अध्यक्षता, विभिन्न संघ संस्था तथा मिडीयालाई प्रतिनिधित्व गर्दै पाल्नुभएका प्रतिनिधिहरुको आतिथ्य र सयौ शुभचिन्तकको उपस्थिति र बरिस्ठ उपाध्यक्ष राजु नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top